प्रकाशित मिति | हालसम्म PCR ल्याबमा पोजेटिभ देखिएका जम्मा | हालसम्मको जम्मा भर्ना | प्रेशन गरिएको तथा आफु खुशी गएका | निको भएको | उपचाररत | मृत्यु भएको |
---|---|---|---|---|---|---|
2078-04-25 | 16311 | 2243 | 76 | 1747 | 34 | 410 |
नेपालगञ्ज नगरी बांके जिल्ला प्रदेश न.५ को मात्र केन्द्र बिन्दु नभई ऐतीहासीक रुपमा कर्णाली तथा सुदुर पश्चिम प्रदेशको शैक्षिक, आर्थिक र स्वास्थ्यको केन्द्र बिन्दुका रुपमा समेत रही आएको यथार्थ सबैमा जगजाहेर नै छ । साविकको मध्यपश्चिम क्षेत्रको करिब ३९ लाख र सुदुरपश्चिमको करिब ३० लाख गरि जम्मा ६९ लाख जनसंख्याको प्रमुख आशा र भरोसाको केन्द्रका रुपमा रहेको नेपालगञ्ज स्थीत भेरी अस्पताल बि.सं.१९४७ (अर्थात आज भन्दा १३० बर्ष अगाडी) मा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भई बि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रशूती गृह नामाकरण भई बि.सं.२०२१ सम्म चलेको र त्यस पश्चात बि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको....
अस्पतालका भावी उद्धेश्यहरु१) “मेडिकल उपकरण तथा अन्य सामग्रीहरुको इन्भेन्ट्री, एसिस्मेन्ट, लिलाम बिक्रि तथा खरिद प्रक्रिया सुधार सम्बन्धी प्राविधिक अध्ययन” का “भेरी अस्पतालको बृहत गुरु योजना” तत्काल गराउने ।२) हाल उपलब्ध सम्पूर्ण सेवाहरुलाई अझ प्रभावशाली र दिगोपना दिदै अस्पतालमा सेवा सुचारु गर्न सकिने भनि स्वीकृत भईसकेका सेवाहरु संचालन गर्न आवश्यक जनशक्ति र उपकरणहरु सम्बन्धीत निकायमा माग गर्दै थप सेवा बिस्तार गरी अझ बढी बिश्वसनीय र भरपर्दो बनाईने छ ।३) नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकको स्वास्थ्य अधिकार आम नागरिक सम्म सहज र सरल रुपमा पुरयाउने गरी कार्य भए....
अस्पतालका भावी कार्यक्रमहरु १) तत्कालीनः–(चालु आ.व.बाटै शुरु गरिने कार्य) क) उपलब्ध सेवाहरु प्रभावकारी बनाउनेः– हाल अस्पतालमा उपलब्ध सेवा सुविधाहरुलाई नियमित, दिगो र प्रभावकारी रुपमा संचाल्न गर्न नेपाल सरकारद्धारा बनाईएका निति नियम, परिपत्र, निर्देशिका अनुसार उपलब्ध सेवाहरुलाई दिगो र प्रभावकारी बनाउन कार्यरत कर्मचारीहरुको सहभागीतामा एक संयन्त्र निर्माण गरि अस्पतालमा कार्यरत कर्मचारीहरुको टि.ओ.आर.कार्यवीधी-०७७ निर्माण गरि प्रदान गरिने सेवाको गुणस्तर र दिगोपना कायम गर्ने । ख) जग्गा तथा भौतिक संरचना र उपकरण संरक्षणः– अस्पतालका नाममा रहेका जग्गा धनीपूर्जा अनुसार कायम रहेका जमीनहरुको संरक्षण.... थप हेर्नुहोस्