नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
भेरी अस्पताल
नेपालगन्ज, बाँके
परिचय

नेपालगञ्ज नगरी बांके जिल्ला लुम्बिनी प्रदेशको मात्र केन्द्र बिन्दु नभई ऐतीहासीक रुपमा कर्णाली तथा सुदुर पश्चिम प्रदेशको शैक्षिक, आर्थिक र स्वास्थ्यको केन्द्र बिन्दुका रुपमा समेत रही आएको यथार्थ सबैमा जगजाहेर नै छ । साविकको मध्यपश्चिम क्षेत्रको करिब ३९ लाख र सुदुरपश्चिमको करिब ३० लाख गरि जम्मा ६९ लाख जनसंख्याको प्रमुख आशा र भरोसाको केन्द्रका रुपमा रहेको नेपालगञ्ज स्थीत भेरी  अस्पताल बि.सं.१९४७ (अर्थात आज भन्दा १३० बर्ष अगाडी) मा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भई बि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रशूती गृह नामाकरण भई बि.सं.२०२१ सम्म चलेको र त्यस पश्चात बि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको यस अस्पतालका लागी शुरुमा ५० बेड स्वीकृत भएको थियो भने २०४३ सालमा १०० बेड र हाल बिकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १५० बेडको क्षमतामा संचाल्न भईरहेको अवस्थामा मिति २०६१ भाद्र २९ च.नं. २।१९०९ को पत्रानुसार १०० शैया बाट बृद्धि गरि २०० शैया क्षमतामा संचालन गर्न अनुमती प्राप्त भएको भएता पनि आर्थिक अभावका कारण संचाल्न गर्न नसकिएकोले हाल सम्म १५० शैया क्षमता मै अस्पताल संचालन भईरहेको अवस्था बिधमान छ । देश संघिय संरचनामा गए पछि केही समय भेरी प्रादेशीक अस्पताल नामाकरण भई प्रदेश नं.–५ अन्तर्गत राखिएको यस अस्पताललाई नेपाल सरकारको निर्णय अनुसार  संघ अन्तर्गत राख्ने र नामाकरण भेरी अस्पताल राखिएको छ ।